Suvadin, Home

ट्याक्टरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुन्दरहरैचा नगरपालिका–१२ स्थित पूर्वपश्चिम राजमार्गमा दक्षिणबाट राजमार्ग निस्कने क्रममा को १ त ५३४९ नम्बरको ट्याक्टरले पश्चिमतर्फ जाँदै गरेको अन टेस्ट मोटरसाइकललाई ठक्कर दिएको थियो। 
सांकेतिक तस्बिर।

मोरङ,  असार ५– मोरङमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

सुन्दरहरैचा नगरपालिका–१२ स्थित पूर्वपश्चिम राजमार्गमा दक्षिणबाट राजमार्ग निस्कने क्रममा को १ त ५३४९ नम्बरको ट्याक्टरले पश्चिमतर्फ जाँदै गरेको अन टेस्ट मोटरसाइकललाई ठक्कर दिएको थियो। 

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक मोरङ, केराबारी गाउँपालिका–९  का श्याम कार्कीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका उनकाे धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराति मृत्यु भएकाे हाे। 


 

More form the Internet

loading...