Suvadin, Home

जिपको ठक्करबाट बालिकाको मृत्यु

भे १ च १८६० नं को जिपले ठक्कर दिँदा बाघमारे अम्वुवाका लीला विककी आठ वर्षीया छोरी प्रतीक्षाको मृत्यु भएको इप्रका तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले जानकारी दिए। 

दाङ, साउन ३-  जिपको ठक्करबाट बाघमारे अम्वुवामा आज एक बालिकाको मृत्यु भएको छ। 

भे १ च १८६० नं को जिपले ठक्कर दिँदा बाघमारे अम्वुवाका लीला विककी आठ वर्षीया छोरी प्रतीक्षाको मृत्यु भएको इप्रका तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले जानकारी दिए। 

ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ। मृतकको शव स्वास्थ्य परीक्षणका लागि राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ। रासस 


 

More form the Internet

loading...