Suvadin, Home

छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु

भक्तपुरबाट जन्ती बोकेर हेटौंठातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

हेटौंडा, २८ फागुन – मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

भक्तपुरबाट जन्ती बोकेर हेटौंठातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा १७ जना घाइते भएका छन्। जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ। बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै हिँडेको जिल्ला प्रहरी कार्यालयबाट डीएसपी यज्ञप्रसाद भट्टराईसहितको टोली घटनास्थल पुगेको छ। अहिले उद्दारको कार्य चलिरहेको प्रहरीको भनाइ छ।

ट्रयाक्टर दुर्घटना हुँदा २ को मृत्यु

सल्यानमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शारदा नगरपालिका –२ श्रीनगरबाट लानीत बजार जाँदै गरेको रा १ त ११५१ नंको ट्रयाक्टर सोमबार राति दुर्घटनामा पर्दा चालक शारदा – १२ चिसापानीका २४ वर्षीय कृष्ण डाँगी र – १ चैबाङज्यूला निवासी १३ वर्षीय अमर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

ट्रयाक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएकामा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रयाक्टर सडकदेखि ३० मिटर तल शारदा नदीमा खसेको थियो।


 

More form the Internet

loading...