Suvadin, Home

दुई जिप पहिरोले पुर्‍यो, एकको मृत्यु

सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा–दोभान हेडवर्क्स नजिकै सडक माथिबाट खसेको पहिरोले शुक्रबार २ जिप पुरेको छ ।

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा–दोभान हेडवर्क्स नजिकै सडक माथिबाट खसेको पहिरोले शुक्रबार २ जिप पुरेको छ ।

पहिरोमा परि एक जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन् । 

दोभान प्रहरी चौकीका अनुसार बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु १ ज २६१७ नं. जिप र पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८४७६ नं. को स्कारपियोलाई सडकमाथिबाट खसेको ढुंगासहितको पहिरोले पुरेको हो ।

पहिरोमा पुरिएर जिप चालक रुपन्देही मक्रहरका २६ वर्षीय कमल परियारको मृत्यु भएको छ । घाइतेहरूलाई उपचारका लागि बुटवलमा ल्याइएको छ । पहिरोले अवरुद्ध राजमार्ग संचालन भएको छ ।

जिपमा चालकसमेत चारजना थिए ।


 

More form the Internet

loading...