Suvadin, Home

रात्रिबस दुर्घटनामा चालकको मृत्यु, ८ घाइते

दुर्घटनामा परी आठजना यात्रु घाइते भएका छन्। मृत्यु हुनेमा बसका चालक महोत्तरी, बर्दिवास बस्ने ३५ वर्षीय रामहरि काफ्ले रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
संकेत।

दमौली, वैशाख २९ – तनहुँको व्यास नगरपालिका–२ वुल्दीको पुलनजिकै बिहीबार राति एउटा रात्रि बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको छ। 

दुर्घटनामा परी आठजना यात्रु घाइते भएका छन्। मृत्यु हुनेमा बसका चालक महोत्तरी, बर्दिवास बस्ने ३५ वर्षीय रामहरि काफ्ले रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका चालक काफ्लेलाई दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको थियो। उपचारका क्रममा उनको राति सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परी गम्भीर घाइते हुने शुक्लागण्डकी नपा–४ का ३० वर्षीय छिरिङ घलेलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको र अन्य सामान्य अवस्थाका घाइतेको दमौलीको रत्नहरि अस्पतालमै उपचार भइरहेको छ। 

म्याग्दीको बेनीबाट काठमाडौं जाँदै गरेको वा ३ ख ९६२६ नंको बस दुर्घटनामा परेको हो । तीव्रगतिमा गुडेका कारण अनियन्त्रित भई बायाँ साइडको भित्तामा ठोक्किएर सडकमा पल्टिन पुगेको प्रहरीले जनाएको छ। रासस
 


 

More form the Internet

loading...