Suvadin, Home

Cover Image

बसको ठक्करबाट एकको मृत्यु, एक घाइते

बसको ठक्करबाट जनकपुरधाम–ढल्केवर सडक खण्डमा शुक्रबार एक जनाको ज्यान गएको छ भने एक घाइते भएका छन् ।

काठमाडौं । बसको ठक्करबाट जनकपुरधाम–ढल्केवर सडक खण्डमा शुक्रबार एक जनाको ज्यान गएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुर– ११ का ४१ वर्षीय गोविन्द साह छन् ।

यस्तै सोही ठाउँका धिरेश साह घाइते भएकोमा उनको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

धनुषाको लक्ष्मीनिया– ६, निकाल भन्ने स्थानमा जनकपुरबाट विराटनगर जाँदै गरेको ना.७ख. ३६९३ नम्बरको आयुष ट्रावलको बसले विपरीत दिशाबाट जनकपुर आउँदै गरेको ज.९प. ५४६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार गोविन्दको ज्यान गएको प्रहरीले जनाएको छ । 


 

More form the Internet

loading...