Suvadin, Home

Cover Image

तनहुँमा टिप्पर, जीप र कार ठोक्किए, सात जना घाइते

तनहुँको कोत्रेखोलामा टिप्परले जीप र कारलाई एकैपटक ठक्कर दिँदा सात जना घाइते भएका छन् । 

तनहुँ । तनहुँको कोत्रेखोलामा टिप्परले जीप र कारलाई एकैपटक ठक्कर दिँदा सात जना घाइते भएका छन् । 

तनहुँ शुक्लागण्डकी नजिकैको कोत्रे खोला पुलमा भएको उक्त दुर्घटनामा सात जना घाइते भएका छन् । ठक्करबाट कार चालक पोखरा १० रामबजार निवासी २९ वर्षीय युवराज भट्टराई गम्भीर घाइते भएका कास्की प्रहरीले जनाएको छ ।

टिपरको ठक्करबाट ग २ च ५४६९ नम्बरका कारलाइ ठक्कर दिएको र लगत्तै अर्को एउटा जीपलाई समेत ठक्कर दिएको बताइएको छ ।

शनिबार विहान पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ७८४७ नम्बरको टिपरले कारलाई ठक्कर दिएको र त्यस लगत्तै जिपलाई ठक्कर दिएको बताइएको छ ।

जिपमा सवार ५ जना पनि घाइते भएका छन् । उपचारका लागि उनीहरुलाई गण्डकी मेडिकल कलेज ल्याइएको छ ।

उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


 

More form the Internet

loading...