Suvadin, Home

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु 

सिराहा नगरपालिका-९ गुलरियास्थित सडकमा स१त ६७३९ नम्बरको ट्याक्टरले साइकललाई सोमबार दिउँसो ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

सिरहा । सिराहा नगरपालिका-९ गुलरियास्थित सडकमा स१त ६७३९ नम्बरको ट्याक्टरले साइकललाई सोमबार दिउँसो ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका-८ का बिनोद खेरवारका ९ वर्षीय छोरा पप्पु खेरवार रहेको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । 

ट्याक्टर चालक हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


 

More form the Internet

loading...