Suvadin, Home

दुर्घटनामा दुई पैदल यात्रुको ज्यान गयो 

भक्तपुरमा शुक्रबार भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जना पैदल यात्रीको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका–८ प्रहरी चेकपोस्ट नजिकै जगातेबाट सल्लाघारी जाँदै गरेको बा. ३ ख. ८८१८ नम्बरको मिनिट्रकको ठक्करबाट घाइते भएका भक्तपुर बस्ने सुदीप तामाङको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।

भक्तपुर, फागुन २७ - भक्तपुरमा शुक्रबार भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जना पैदल यात्रीको मृत्यु भएको छ। 

सूर्यविनायक नगरपालिका–८ प्रहरी चेकपोस्ट नजिकै जगातेबाट सल्लाघारी जाँदै गरेको बा. ३ ख. ८८१८ नम्बरको मिनिट्रकको ठक्करबाट घाइते भएका भक्तपुर बस्ने सुदीप तामाङको उपचारका क्रममा शुक्रबार मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन्। 

त्यस्तै बिहीबार सल्लाघारीबाट जगाते जाँदै गरेको बा. ३ ख ७९३१ को ट्रकले पैदल यात्री भक्तपुर नगरपालिका–८ का ८२ वर्षीय कुमार खाइतुको मध्यपुर अस्पतालमा उपचारको क्रममा शुकबार  मृत्यु भएको उनले जानकारी दिएका छन। रासस 
 


 

More form the Internet

loading...