Suvadin, Home

दुर्घटनामा एकको मृत्यु

लेटाङ, बुधबारे, धनकुटाको भित्री सडकमा शनिबार पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य आठ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ।

लेटाङ, फागुन २२ - लेटाङ, बुधबारे, धनकुटाको भित्री सडकमा शनिबार पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य आठ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ। वारङ्गी६ कुम्लेस्थित बुधबारेलेटाङ धनकुटा भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को१च १२७० नम्बरको पिकअप भ्यान शनिबार ब्रेक फेल भई सडकबाट अञ्दाजी तीन सय मिटर तल बस्दा वारङ्गी ३ बस्ने ६६ वर्षीय लोकबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा अन्य आठ जना घाइते भएकोले उपचारार्थ नर्सिङ होम विराटनगर लगिएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


 

More form the Internet

loading...