Suvadin, Home

भारतीय पिकअपको ठक्करबाट एकको मृत्यु

भारतीय पिकअपको ठक्करबाट पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको दमक सडकखण्डमा आइतबार बेलुका एक पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिका–१५ का ५९ वर्षीय गङ्गाबहादुर बस्नेत रहेका छन्। बस्नेतलाई दमक–९ स्थित चियापसलमा बाटो काट्ने क्रममा डब्यु बी ७३८७३८२ नम्बरको भारतीय महेन्द्रा पिकअपले ठक्कर दिएको थियो।

झापा, चैत २७- भारतीय पिकअपको ठक्करबाट पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको दमक सडकखण्डमा आइतबार बेलुका एक पैदल यात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा दमक नगरपालिका–१५ का ५९ वर्षीय गङ्गाबहादुर बस्नेत रहेका छन्। बस्नेतलाई दमक–९ स्थित चियापसलमा बाटो काट्ने क्रममा डब्यु बी ७३८७३८२ नम्बरको भारतीय महेन्द्रा पिकअपले ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

सवारीसाधन र चालक भारत सिलिगुडी मातिगडाका ५० वर्षीय गोविन्द रायलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, दमकले जनाएको छ। चालक रायउपर सवारी ज्यान मुद्दा शीर्षकअन्तर्गत आवश्यक कारबाही भइरहेको प्रहरीले जनाएको छ। रासस


 

More form the Internet

loading...