Suvadin, Home

बस र ट्रक ठोक्किँदा २१ जना घाइते

दाङमा बिहीबार बिहान बस र ट्रक आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन्। राप्ती राजमार्ग अन्तर्गत दाङको फूलबारीस्थित बखरिया मोडमा बिहीबार बिहान साढे छ बजे बस र ट्रक आसपमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।
दाङमा बिहीबार बिहान भएको दुर्घटना। तस्बिर : नारायण खड्का/शुभदिन

दाङ, फागुन १९- दाङमा बिहीबार बिहान बस र ट्रक आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन्। राप्ती राजमार्ग अन्तर्गत दाङको फूलबारीस्थित बखरिया मोडमा बिहीबार बिहान साढे छ बजे बस र ट्रक आसपमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। 

घाइतेमध्ये दुई जनाको मात्रै पहिचान खुलेको छ। रा१ख ९४१ नम्बरको बसका चालक तुलसीपुर–१९ उरहरी निवासी वीरन चौधरी गम्भिर घाइते भएका छन् भने सह–चालक तुलसीपुर–१८ कचिला निवासी गोविन्द भट्टराई पनि घाइते भएका छन्। 

फूलबारीको पहिलो मोड (लेरुवा डाँडामा) तुलसीपुरबाट यात्रु बोकेर नेपालगञ्जतर्फ जाँदै गरेको  रा१ख ९४१ नम्बरको बस र नेपालगञ्जवाट तुलसीपुरतर्फ आउँदै गरेको से१ख १२८७ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन्। 


 

More form the Internet

loading...