Suvadin, Home

Cover Image

कलंकीमा ट्रकले नौवटा गाडीलाई ठक्कर दियो, एकजनाको मृत्यु, चार घाइते

काठमाडौं । कलंकीमा एउटा ट्रकले नौवटा गाडी ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । 

थानकोटबाट कलंकीतर्फ आइरहेको ना ६ ख २८७१ नम्बरको ट्रकले सोमबार बेलुका तीन वटा मोटरसाइकल, एउटा स्कुटर, एउटा तरकारी बोक्ने गाडी, एउटा स्कार्पियो, एउटा ट्रक र एउटा सरकारी नम्बरप्लेटको  गाडीलाई ठक्कर दिएको कालीमाटी प्रहरी वृतका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए । 

उनका अनुसार ट्रक र ट्रक चालक २७ वर्षीय विरेन्द्र कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थानकोटबाट आएको ट्रकले लतार्दै एकैपटक अन्य नौवटा सवारीसाधनलाई ठक्कर दिएको डीएसपी कुँवरले जानकारी दिए । 

दुर्घटनामा घाइते भएकाहरुको उपचार भइरहेको डीएसपी कुँवरले बताए । दुर्घटनामा ज्यान गुमाउने चितवनको टाँडी स्थायी घर भई गोंगबुमा बस्‍ने २३ वर्षीय शमशेर गुरुङ रहेको कुँवरले पुष्टि गरे । 


 

More form the Internet

loading...