Suvadin, Home

भ्यानकाे ठक्करबाट एक पैदलयात्री वृद्धाको ज्यान गयाे

झापाको लखनपुरमा पिकअप भ्यानको ठक्करबाट शनिबार दिउँसो एक पैदलयात्रीको ज्यान गएको छ। गौरादहस्थित कनकाई ग्यास उद्योगको मे१च ३७३६ नम्बरको पिकअप भ्यानले लखनपुर–१ की ७३ वर्षीया मनमाया अधिकारीलाई लखनपुर–३ मा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो। 

दमक, फागुन २८- झापाको लखनपुरमा पिकअप भ्यानको ठक्करबाट शनिबार दिउँसो एक पैदलयात्रीको ज्यान गएको छ । 

गौरादहस्थित कनकाई ग्यास उद्योगको मे१च ३७३६ नम्बरको पिकअप भ्यानले लखनपुर–१ की ७३ वर्षीया मनमाया अधिकारीलाई लखनपुर–३ मा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो। 

ठक्करबाट सख्त घाइते भएकी वृद्धाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इप्रका दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिएका छन। मृतकको शव परीक्षणका लागि मङ्गलबारे अस्पतालमा राखिएको छ।ठक्कर दिने भ्यान र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। रासस 


 

More form the Internet

loading...