Suvadin, Home

ट्याक्टर दुर्घटनामा दुई कामदारको मृत्यु

महोत्तरी जिल्लाको रघुनाथपुर–५ मा आइतवार ट्याक्टर दुर्घटनामा दुई कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा श्रीपुर–८ बस्ने २० वर्षीय मुकेश दास र सोही गाविस–९ का १९ वर्षीय उदित यादव रहेको प्रहरीले जनाएको छ। 

गौशाला, चैत २७– महोत्तरी जिल्लाको रघुनाथपुर–५ मा आइतवार ट्याक्टर दुर्घटनामा दुई कामदारको मृत्यु भएको छ।

मृत्यु हुनेमा श्रीपुर–८ बस्ने २० वर्षीय मुकेश दास र सोही गाविस–९ का १९ वर्षीय उदित यादव रहेको प्रहरीले जनाएको छ। 

जिल्लाकै श्रीपुर कविलासाबाट रघुनाथपुरस्थित मरहा खोलामा बाँध बनाउनका लागि ज १ त ३३८८ नंको ट्याक्टरमा तारजाली पु¥याएर फर्किने क्रममा रघुनाथपुर–५ गोबरहियामा ट्याक्टर दुर्घटना हुदा दुवै जनाको किचिएर घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब निरीक्षक झलक घिमिरेले बताए। घटनापछि ट्याक्टर चालक फरार छन्। रासस 


 

More form the Internet

loading...