Suvadin, Home

म्याग्दीमा बस दुर्घटना, एक दर्जन भन्दा बढी घाइते

 म्याग्दीको रघुगंगा गाँउपालिका १ बेगखोला नजिकै सोमबार राति बस दुर्घटना हुँदा एक दर्जन बढी यात्रु घाइते भएका छन्। जोमसोमबाट बेनीतर्फ जाँदै गरेको ध१ख २८५ नम्बरको बस सोमबार राती १० बजे बेगखोला नजिकै दुर्घटनामा परेकाे  हो।

म्याग्दी, चैत २२- म्याग्दीको रघुगंगा गाँउपालिका १ बेगखोला नजिकै सोमबार राति बस दुर्घटना हुँदा एक दर्जन बढी यात्रु घाइते भएका छन्। जोमसोमबाट बेनीतर्फ जाँदै गरेको ध१ख २८५ नम्बरको बस सोमबार राती १० बजे बेगखोला नजिकै दुर्घटनामा परेकाे  हो।

गम्भीर घाइते भएका मकवानपुर हेटौडा-२ का भरत धिताल,लमजुङ्ग बेशीसहर १० की लक्ष्मी घिमिरे,सोही स्थानकी सुशीला धिताल र स्याङ्गजा वालिङ्ग-८ की मीना लामिछानेलाई जिल्ला अस्पताल म्याग्दीमा उपचार भइरहेकाेमा थप उपचारको लागि क्षेत्रीय अस्पताल पोखरामा रिफर गरिएको छ।

अन्य घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको छ। दुर्घटना लगतै फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। बसमा २६ जना यात्रु सवार थिए।
 


 

More form the Internet

loading...