Suvadin, Home

तीर्थालु बोकेको जिप दुर्घटना, एकको मृत्यु

कपिलस्तुबाट नवलपरासीस्थित त्रिवेणी धामका लागि गुडेको लु १ ज १०८ नम्बरको जिप रामग्राम – ६ स्थित रामखण्ड पुल नजिकै दुर्घटना हुँदा जिप चालक कपिलबस्तुका २१ वर्षीय राकेश कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नवलपरासी, माघ १४– तीर्थालु बोकेको जिप शुक्रवार नवलपरासीमा दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । अन्य १७ जना घाइते छन्।

कपिलस्तुबाट नवलपरासीस्थित त्रिवेणी धामका लागि गुडेको लु १ ज १०८ नम्बरको जिप रामग्राम – ६ स्थित रामखण्ड पुल नजिकै दुर्घटना हुँदा जिप चालक कपिलबस्तुका २१ वर्षीय राकेश कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेका छ। रासस


 

More form the Internet

loading...