Suvadin, Home

नवलपरासीमा दुर्घटना, पाँच जनाको मृत्यु

नवलपरासीको मध्यबिन्दु-७ चालिस किलोमा शनिबार बिहान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। पौने ४ बजे भारतीय नम्बरको ट्रकलार्इ बिग्रिएर सडक छेउमा रोकिराखेको ना ४ ख ३९९५ नम्बरले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको हो। घटनामा पाँच जना घाइते भएका छन्।
नवलपरासीमा भएको दुर्घटना।

काठमाडौं, चैत १९- नवलपरासीको मध्यबिन्दु-७ चालिस किलोमा शनिबार बिहान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। पौने ४ बजे भारतीय नम्बरको ट्रकलार्इ बिग्रिएर सडक छेउमा रोकिराखेको ना ४ ख ३९९५ नम्बरले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको हो। घटनामा पाँच जना घाइते भएका छन्।

मृत्यु हुनेमा बसमा सवार सुर्खेतका हरि राम्जली, दाङ्गका बीरबल चौधरी, दाङ्गकै राम चौधरी र नाम थर  नखुलेका ट्रक चालक र अर्का एक जना पुरुष व्यक्ति छन्। दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको हो। ट्रकका चालककाे भने उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।  

दुर्घटनामा घाइते भएका पाँच जनाको  मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएकाे छ। दुर्घटनामा संलग्न दुबै सवारी साधनसहित बस चालकलाई इलाका प्रहरी कार्यालय नवलपुरले नियन्त्रणमा लिएको छ।


 

More form the Internet

loading...