Suvadin, Home
प्यूठानमा जेसिबी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। ६ जना गम्भीर घाइते छन्। प्यूठान – ६ दाङवाङ हतदिपमा बिहीबार साँझ सडक मर्मत गर्दै गरेको जेसिबी चिप्लिएर दुर्घटना भएको हो।

नारायण खड्का दाङ, माघ १४ - प्यूठानमा जेसिबी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। ६ जना गम्भीर घाइते छन्। प्यूठान – ६ दाङवाङ हतदिपमा बिहीबार साँझ सडक मर्मत गर्दै गरेको जेसिबी चिप्लिएर दुर्घटना भएको हो।

जेसिबीका परिचालक प्यूठान ६ दाङवाङका १८ बर्षीय दीपक गाहा, २३ वर्षका शेषकान्त आचार्य र १३ बर्षका ज्ञानेन्द्रबहादुर गाहाको मृत्यु भएको राप्ती अञ्चल प्रहरी कार्यालयले जनाएको छ। शेषकान्त र ज्ञानेन्द्र सडक खन्दै गरेको दृश्य हेर्दै गर्दा दुर्घटनाको शिकार भएका हुन्।

सडक किनारामा उभिएर मर्मत गरिरहेको दृष्य हेर्न गएका अन्य ६  जना समेत घाइते छन्। उनीहरूको बुटवलमा उपचार भइरहेको छ। अवस्था खतरा मुक्त रहेको प्रहरीले जनायो। अर्घाखाँची-प्यूठान जोड्ने सडक खन्नका लागि जेसिबी लगिएको थियो। घटनास्थल दाङवाङ अर्घाखाँची र प्यूठान जोड्ने सीमा क्षेत्र हो ।

 


 

More form the Internet

loading...