Suvadin, Home

दुर्घटनामा चारको मृत्यु

देशका विभिन्न स्थानमा शुक्रबार भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ। प्रहरी प्रधान कार्यालयको सूचना कक्षले यो जानकारी गराएको हो। कहाँ के भयो?

काठमाडौं, वैशाख १ - देशका विभिन्न स्थानमा शुक्रबार भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ। प्रहरी प्रधान कार्यालयको सूचना कक्षले यो जानकारी गराएको हो। कहाँ के भयो?

चितवन : रत्ननगर नगरपालिका–५ जनकौलीस्थित भित्रि सडकमा ना.४०प. ३५४१ नम्बरको स्कुटी शुक्रबार आफैं अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका रत्ननगर नगरपालिका–५ बस्ने ४० वर्षीय प्रेम चौधरीको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ। स्कुटी चालक खैरहनी नगरपालिका–६ कपिया बस्ने २० वर्षीय सुदर्शन चौधरी घाइते भएकोले सोही अस्पतालमा उपचार भइरहेको छ।

नुवाकोट : ककनी गाउँपालिका–१ स्थित पहिरो भन्ने ठाउँमा बा.७९प. ९०९८ नम्बरको स्कुटी शुक्रबार सडकबाट करिब १० मिटर तल खस्दा भएको दुर्घटनामा स्कुटीमा सवार काठमाडौं नयाँबजार बस्ने २० वर्षीया रुपा लामाको घट्नास्थलमै मृत्यु भएको छ। साथै सोही ठाउँ बस्ने २२ वर्षीया सिर्जना श्रेष्ठ घाइते भएकोले उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ।

झापा : मेचीनगर–११ स्थित पूर्व–पश्चिम राजमार्गमा मे.७प. १०२० नम्बरको मोटरसाइकलले शुक्रबार ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ५५ वर्षीय भीमप्रसाद बरालको उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको छ। मोटरसाइकल चालक १८ वर्षीय प्रभात तमाङ घाइते भएकोले मनकामना अस्पताल चारालीमा उपचार भइरहेको छ ।

बारा : जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित दुधौरा खोला नजिकै ड्याममा ना.५त. १३७० नम्बरको ट्याक्टरले बिहीबार ठक्कर दिँदा पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ। ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 


 

More form the Internet

loading...