Suvadin, Home

Cover Image

श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान पक्राउ, घाइतेको श्रीमतीको उपचारका हुँदै

काठमाडौं । काठमाडौंको कालोपुलमा बुधबार राति युवतीमाथि एसिड प्रहार गर्ने उनकै श्रीमान भएको खुलासा भएको छ । कालोपुल नजिकै डेरा गरी बस्‍ने विष्णु भुजेलले २० वर्षीया श्रीमती जेनी खड्‍कालाई एसिड प्रहार गरेको खुलेको हो । उनलाई महानरीय प्रहरी परीसरको टोलीले पेप्सीकोलाबाट बुधबार राति नै पक्राउ गरेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले पुष्टि गरेका छन् । पक्राउ परेका भूजेललाई महानरीय प्रहरी परीसर काठमाडौं लगिएको छ । 

एसिड प्रहारको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  एसिड प्रहारबाट घाइते भएकी जेनी खड्‍कालाई थप उपचारका लागि किर्तिपुर अस्पताल रिफर गरिएको छ । उनलाई उपचारका लागि तत्काल चाबहीलस्थित ओम अस्पताल लगिएको थियो । अहिले थप उपचारका लागि किर्तिपुर अस्पताल लगिएको ओम अस्पतालले जनाएको छ ।

डीआईजी पोखरेलका अनुसार एसिड प्रहारबाट ती युवतीको अनुहार र शरीको केही भाग जलेको छ । 

सांकेतिक तस्बिर
 


 

More form the Internet

loading...