Suvadin, Home

Cover Image

तालिबान आक्रमणमा परी ४ प्रहरी र १० सर्वसाधारणको मृत्यु

बिहीबार भएको यस आक्रमणमा परी जिल्लाका प्रहरी प्रमुखसहित चार अधिकारीको मृत्यु भएको बताइएको छ। स्थानीय अधिकारीले सो जानकारी दिएका छन्। अफगानिस्तानमा सन् २०१५ को जनवरीबाट अफगानिस्तानको सुरक्षाको जिम्मा सबै अफगान सुरक्षाबलको काँधमा आएको छ। पछिल्लो समयमा अफगान सुरक्षाबलको हताहत सङख्या बढेको छ।

अफगानिस्तान, २६ असार – अफगानिस्तानको पूर्वीप्रान्त गजनीको खोगीआनी जिल्लामा तालिबानको आक्रमणमा परी कम्तीमा चार प्रहरी अधिकारीको मृत्यु भएको छ।

बिहीबार भएको यस आक्रमणमा परी जिल्लाका प्रहरी प्रमुखसहित चार अधिकारीको मृत्यु भएको बताइएको छ। स्थानीय अधिकारीले सो जानकारी दिएका छन्।

अफगानिस्तानमा सन् २०१५ को जनवरीबाट अफगानिस्तानको सुरक्षाको जिम्मा सबै अफगान सुरक्षाबलको काँधमा आएको छ। पछिल्लो समयमा अफगान सुरक्षाबलको हताहत सङख्या बढेको छ।

सन् २०१४ को डिसेम्बरबाट नेटोआवद्ध र अमेरिकी सेनाले अफगान युद्ध समाप्त भएको घोषणा गर्दै प्रायःसबै सेना त्यहाँबाट फर्किएका थिए । 

थोरै सङ्ख्यामा त्यहाँ बाँकी रहेका नेटोआवद्ध र अमेरिकी सेनाले पनि आतङ्ककारीले जारी राखेको द्वन्द्वमा युद्धभूमिमा गएर युद्ध नगर्ने घोषणा गरे।

यद्यपी अफगानिस्तानमा बाँकी रहेका केही सेना अफगान सुरक्षाबललाई तालिम र सरसल्लाह दिने कार्य सम्लग्न रहेका छन्।

त्यसैगरी अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको प्रान्तीय राजधानी जलालाबादमा अफगान सुरक्षाबलको सवारी सधानलक्षित एक आत्मघाती आक्रमणमा परी कम्तीमा १० व्यक्तिकोे मृत्यु भएको छ।

त्यस आक्रमणमा मारिएका व्यक्तिमा प्रायःसर्वसाधारण रहेको अधिकारीले जानकारी दिएका छन्। यसलाई अफगानिस्तानमा भएका पछिल्लो भीषण आक्रमणको रुपमा लिइएको छ।

मारिएका आठ व्यक्ति सर्वसाधारण नै भएको पनि अधिकारीले जनाएका छन्। नान्गाहार प्रान्तको प्रान्तीय राजधानी जलालाबादमा तालिबान आतङ्ककारी समूहले बारम्बार आक्रमण गरेको छ। 


 

More form the Internet

loading...