Suvadin, Home
Citizen Bank 392.9k
Bridge Water

घाइते पाइलटसहित तीनै जनाकाे उपचार हुँदै
कार्गो बिमान लुक्लामा दुर्घटना

कार्गाे बिमान लुक्ला बिमानस्थलमा अवतरणका क्रममा शनिबार दिउँसाे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख माधव बुढाथोकीले जानकारी दिए। उनका अनुसार  बिमान अवतरणका क्रममा रुखको हाँगामा ठोक्किएर दुर्घटनामा परेकाे हाे।
तस्बिर स्राेत : साेलु अनलार्इन

काठमाडाैं, जेठ १३–  गोमा एयरको ९ एन एक के वाई कल साइनको कार्गो बिमान लुक्लामा दुर्घटनामा परेको छ। 

कार्गाे बिमान लुक्ला बिमानस्थलमा अवतरणका क्रममा शनिबार दिउँसाे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख माधव बुढाथोकीले जानकारी दिए। उनका अनुसार  बिमान अवतरणका क्रममा रुखको हाँगामा ठोक्किएर दुर्घटनामा परेकाे हाे।

दुर्घटनाग्रस्त विमानका चालक पारशकुमार राई र सहचालक सुजन मानन्धर तथा परिचालिका प्रज्ञा महर्जन घाइते भएकाे उनले जनाए।  उनीहरु तीनैको स्थानीय पासाङ ल्हामु अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौंबाट साढे १ बजे उडेको विमान लुक्ला विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा नपुगी डिलमा रहेको सल्लाको रुखमा ठोक्किएर १० मिटर तल खसेको बताइएकाे छ।