Suvadin, Home

Cover Image

पत्रकार अजय बाबुलाई ईन्जा साहसी पत्रकारिता पुरस्कार प्रदान

महरा काण्डको रहस्य बाहिर ल्याउने पत्रकार अजयबाबु शिवाकोटी पुरस्कृत भएका छन् । उनलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो ।

काठमाडौं । महरा काण्डको रहस्य बाहिर ल्याउने पत्रकार अजयबाबु शिवाकोटी पुरस्कृत भएका छन् । उनलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो ।

हाम्राकुरा डट कमका संस्थापक सम्पादक समेत रहेका सिवाकोटीलाई नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले स्थापना गरेको १ हजार अमेरिकी डलर राशीको पुरस्कार शुक्रबार काठमाडौंमा प्रदान गरिएको हो ।

सिवाकोटीले संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहिमाथि यौन दुर्ब्यबहार गर्ने तत्कालीन सभामुख कृष्णबहादुर महराको रहस्य खोलेका थिए । इन्जाले सोही साहसिक कामको सम्मान गर्दै सो पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी कृष्ण पहाडीले सत्ता र राजनीतिक दलहरुले प्रेसलाई शक्तिका लागि दुरुपयोग गर्ने गरेको उल्लेख गर्दै त्यसबाट बचेर आफ्नो पेशालाई अघि बढाउन पत्रकारहरुलाई आग्रह गरे ।


 

More form the Internet

loading...