Suvadin, Home

धोबीखोलाको बाढीले अनामनगर र बिजुलीबजारका सयौं घर डुबानमा

धोबीखोलाको बहाव बढेर आएपछि काठमाडौंको अनामनगर र बिजुलीबजार क्षेत्रका सयौं घरपरिवार प्रभावित भएका छन्। स्थानीयले डुबानका कारण लाखौं आर्थिक नोक्सानी व्यहोरेको गुनासो गरेका छन्।
बाढी थुपारेको माटो।

काठमाडौं, ३० साउन – धोबीखोलाको बहाव बढेर आएपछि काठमाडौंको अनामनगर र बिजुलीबजार क्षेत्रका सयौं घरपरिवार प्रभावित भएका छन्। स्थानीयले डुबानका कारण लाखौं आर्थिक नोक्सानी व्यहोरेको गुनासो गरेका छन्।

निरीक्षणका लागि पुगेका काठमाडौं क्षेत्र नम्बर–१ का सांसद एवं कांग्रेस नेता प्रकाशमान सिंह, काठमाडौंकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ लगायत राजनीतिक दलका नेताहरुलाई स्थानीयले क्षतिपूर्तिको माग गरेका छन्। 

खोलाको आसपासका कयौं घर घर, व्यापारीक प्रतिष्ठान तथा स्कूल–कलेज, सञ्चारमाध्यमका कार्यालयहरु डुबेका छन्। बाढीसँगै आएको फोहोर र माटो ३–४ फिटसम्म  जमेको सर्वसाधारणले जनाएका छन्।

मध्यरातपछि खोलाको बहाव बढेर घरभित्र पसेरपछि स्थानीयबासीले सुत्न पाएनन्। मदन भण्डारी मेमोरियल कलेज तथा युनियन हाउस आसपासको क्षेत्रको पुरै ढुबानमा परेको छ। बिजुलीबजारमा सञ्चालित क्रिस्टल पार्टी प्यालेसमा बाढीको पानी पसेर बेहाल भएको छ।


 

More form the Internet

loading...