Suvadin, Home

आहार र बसोबासको उचित प्रबन्ध नहुदाँ गौशालामै पशु मर्न थाले

'अहिलेसम्म दुई दर्जन गाई-गोरु आहार र स्याहार नपाएकै कारण मरिसके।' स्थानीय नरबहादुर दियालले भने – 'स्थानीय निकायले गौशाला बनाएर व्यवस्थापनमा जुटे पनि व्यवस्थापकीय कमजोरीकै कारण पशु मर्न थाले।'
फायल तस्वीर।

काठमाडाैं, २४ पुस – भीमदत्तनगरमा गार्इ पालन गर्ने र बाछाहरूलार्इ छाडा छाड्ने क्रम बढेकाे छ। उक्त पशुलार्इ स्थानीय तहले व्यवस्थापनका आहार र बसोबासको उचित प्रबन्ध गर्न नसक्दा गौशालामै पशु मर्न थालेका छन्। 

यहाँको कृष्णपुर नगरपालिका–५ स्थित वनदेवी सामुदायिक वनमा कृष्णपुर नगरपालिकाको पहलमा निर्माण भएको गौशालाका पशु दैनिक बढदो चिसोसँगै आहाराको कमीले मर्न थालेको हो।

'अहिलेसम्म दुई दर्जन गाई-गोरु आहार र स्याहार नपाएकै कारण मरिसके।' स्थानीय नरबहादुर दियालले भने – 'स्थानीय निकायले गौशाला बनाएर व्यवस्थापनमा जुटे पनि व्यवस्थापकीय कमजोरीकै कारण पशु मर्न थाले।'

नगरपालिकाले छाडा पशु व्यवस्थापनका लागि समिति नै बनाएर खटे पनि गाईगोरु पालनपोषण र स्याहारका कारण मर्न थालेको छ। 'अहिलेसम्म छ ट्रलि जति पराल आएको छ।' दियालले भने-  'पशुलाई आहारमा ध्यान दिइएन भने गौशाला गौशालामै रहने स्थिति छ।' 

कृष्णपुर नगरपालिका कार्यालयले रु २० लाख रकम विनियोजन गरेर छाडा पशु व्यवस्थापनमा जुटेको जनाएको छ। कृष्णपुरको वडां नम्बर २, ५ र ६ गरी तीन वटा स्थानमा गौशाला निर्माण गरिएको कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्णबहादुर हमालले जानकारी दिएका छन्।

विनियोजित रकममध्ये रु पाँच लाख खर्च गरी हामी पशु व्यवस्थापनको चरणमा छौँ।' नगरप्रमुख हमालले भने- 'आहारदेखि हेरालुसम्मको व्यवस्था नगरपालिकाले गरेको छ तर चिसो र रोगब्याधीका कारण पशु मरिरहेको छ।' 

पूर्व पश्चिम राजमार्गमा छाडा पशुकै कारण निकै असहज हुनुका साथै स्थानीय किसानले लगाएको बालीनाली समेत नष्ट हुने गर्दथ्यो।


 

More form the Internet

loading...