Suvadin, Home

अन्नपूर्ण र माछापुच्छ्रे आधार शिविरबाट डेढ सय जनाको उद्धार

कास्कीको अन्नपूर्ण (एबिसी) र माछापुच्छ्रे आधार शिविर (एमबिसी) पदमार्गमा फसेका डेढ सयभन्दा बढी पर्यटक तथा गाइडहरूको उद्धार गरिएको छ ।

पोखरा । कास्कीको अन्नपूर्ण (एबिसी) र माछापुच्छ्रे आधार शिविर (एमबिसी) पदमार्गमा फसेका डेढ सयभन्दा बढी पर्यटक तथा गाइडहरूको उद्धार गरिएको छ ।

बिहीबारदेखि परेको हिमपातका कारण पदमार्गमा पर्यटक फसेका पर्यटक तथा गाइडहरूको सिम्रिक इयर पोखराले शनिबार उद्धार गरेको हो । 

सिम्रिक इयरका पोखरा प्रमुख कमल गौतमले दिएको जानकारी अनुसार उद्धार भएकाहरुमा ४० जना जति नेपाली रहेका छन्  ।

नेपाली–विदेशी पर्यटक, गाइड, पोर्टर, होटल व्यवसायी समेत गरी १५ भन्दा बढी फ्लाइटमा पोखरा विमानस्थलमा सुरक्षित उद्धार गरिएको उनले बताए । 

अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा शुक्रबार हराएका ४ कोरियालीसहित ५ जना अझै बेपत्ता छन् ।


 

More form the Internet

loading...