Suvadin, Home
NMB Bank Ltd 275.9k

राजनीतिक हस्तक्षेपले काम गर्न कठीन

राष्ट्रिय मानव अधिकार आयोगले राजनीतिक हस्तक्षेपका कारण मानव अधिकारका क्षेत्रमा काम गर्न कठिनाई भइरहेको जनाएको छ। आयोगका अध्यक्ष अनुपराज शर्माले राजनीति हाबी भइदिँदा मानव अधिकारको प्रत्याभूति दिलाउने काममा कठिनाई भइरहेको बताए।
अनुपराज शर्मा।

काठमाडाैं, पुस २५


राष्ट्रिय मानव अधिकार आयोगले राजनीतिक हस्तक्षेपका कारण मानव अधिकारका क्षेत्रमा काम गर्न कठिनाई भइरहेको जनाएको छ। आयोगका अध्यक्ष अनुपराज शर्माले राजनीति हाबी भइदिँदा मानव अधिकारको प्रत्याभूति दिलाउने काममा कठिनाई भइरहेको बताए।

लयर्स फोरम नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको  कार्यक्रममा बोल्दै उनले सवल कानुन व्यवसायीले मात्र चुस्त न्याय सम्पादन गर्न सक्ने समेत बताए।

अध्यक्ष शर्माले न्याय सम्पादन चुस्त नहुँदा राज्य कमजोर हुँदै गएको पनि उल्लेख गरे। ‘सवल न्याय सम्पादन गर्न स्वतन्त्र न्यायालय चाहिन्छ। स्वतन्त्र न्यायालय भए मात्रै मानव अधिकार क्षेत्रमा काम गर्न पनि सहज हुन्छ,’ उनले भने।

अध्यक्ष शर्माले मुलुकमा एकपछि अर्को राजनीतिक परिवर्तन भएपनि न्यायालय र मानव अधिकारको क्षेत्रमा स्वतन्त्र भएर काम गर्ने अवस्था आउन नसकेको भन्दै गुनासो पनि गरेका थिए ।

 

 

More form the Internet

loading...