Suvadin, Home

हाम्राेमा राम्राे
जुम्लाकाे अर्गानिक स्याउ

जुम्लाको स्याउ भनेपछि तपाई  हाम्रो मुख नै रसाउछ। कारण जुम्लाको स्याउ अर्गानिक हुन्छ, भन्ने मान्यता रहेको छ।त्यसो त स्याउका लागि जुम्ला प्रख्यात मानिन्छ। नेपालका गाउँघरमा स्याउको व्यावसायीक खेती हुनु अघिदेखि नै जुम्ला प्रख्यात मानिदै आएको छ, स्याउका लागि।
जुम्लाकाे स्याउ।

काठमाडाैं, जेठ १२–जुम्लाको स्याउ भनेपछि तपाई  हाम्रो मुख नै रसाउछ। कारण जुम्लाको स्याउ अर्गानिक हुन्छ, भन्ने मान्यता रहेको छ।

त्यही भएर पनि जुम्लाको स्याउको माग राजधानी काठमाडौंमा समेत हुने गरेको छ।

त्यसो त स्याउका लागि जुम्ला प्रख्यात मानिन्छ। नेपालका गाउँघरमा स्याउको व्यावसायीक खेती हुनु अघिदेखि नै जुम्ला प्रख्यात मानिदै आएको छ, स्याउका लागि।

जुम्लाको स्याउ नेपालको लगभग सबै क्षेत्रमा पाइन्छ। जुम्लामा अर्गानिक स्याउका नामले परिचित रोयल, रेड, गोल्डेन डेलिसियस जातका स्याउ रहेका छन्। 

जुम्लामा उत्पादन हुने लगभग ६ सय ५० मेट्रिक टन भन्दा बढी स्याउ निर्यात हुने गर्छ। निर्यात गरिएका प्राङ्गारिक स्याउ व्यापारीले काठमाडौं, पोखरा, नारायणगढ, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, सुर्खेत र दैलेख पुर्याउने गरेका छन्।

नेपालकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जुम्लाको स्याउको स्वाद पनि उत्कृष्ट मानिन्छ। बजार अभाव, सडक, भण्डारण अभाव तथा व्यावसायिक उत्पादन प्रविधिको अभावको कारण जुम्लाको स्याउ ओझेलमा पर्दै आएको छ। 

नेपालमा नै उत्पादन हुने स्याउ देशै भरी जुन सुकै सहरमा पनि पाइन्छ। यहाँको अर्गानिक स्याउ उत्पादन पनि वार्षिक रुपमा बढ्दै गइरहेको छ। काठमाडौंदेखि पश्चिमका लगभग सबै जसो बजारमा जुम्लाको उत्पादन पाइने गरेको छ।

त्यही भएर पनि सरकारले जुम्लामा स्याउ खेतीका लागि सुपरजोन कार्यक्रम थालेको छ। 


 

More form the Internet

loading...