Suvadin, Home

नक्कली कागजात बनाएर ठगी गर्ने गिरोह पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाणपत्र बनाउने दुई जना गिरोहलाई पक्राउ गरेको छ।
सांकेतिक तस्वीर।

काठमाडौं, कात्तिक २१ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाणपत्र बनाउने दुई जना गिरोहलाई पक्राउ गरेको छ।

ब्यूरोले काठमाडौं बुढानिलकण्ठ–८ बस्ने धादिङ निलकण्ठ घर भएका ४० वर्षीय शालिकराम अधिकारी र काठमाडौं नयाँ बानेश्वर बस्ने संखुवासभा माडी नगरपालिका–१ घर भएका ३२ बर्षीय यज्ञराज कार्की पक्राउ गरेको हो।

सर्वसाधरणबाट रकम असुलीको विशेष सुचीमा अनुसन्धानमा खटीएका ब्युरोका टोलीले अधिकारीलाई महाराजगन्ज र कार्कीलाई बानेश्वरबाट नियन्त्रणमा लिएको छ।

उनीहरुलाई नक्कली सरकारी कागजात,शैक्षिक योग्यताको प्रमाणपत्र,सवारी चालक अनुमतीपत्र, नेपाली सेनाका परिचयपत्र  बनाएको अभियोगमा पक्राउ गरेको ब्युरोले बताएको छ।

उनीहरुको साथबाट यातायात व्यवस्था कार्यालय बागमतीको अगे्रजी लिपीको छाप,नेपाल आर्मी लेखिएको होलोग्राम,नेपाल सरकार लेखेको होलोग्राम,विभिन्न व्यक्तिहरूको नामको सवारी चालक अनुमती पत्रहरू र शैक्षिक प्रमाणपत्र,विभिन्न संस्थाहरूको छाप, यातायात व्यवस्था कार्यालयको खाली सवारी चालक अनुमतिपत्रको कार्ड, शाखा अधिकृत लेखेको छाप लगायतका अन्य कागजात बरामद गरेको छ। ब्युरोले उक्त संम्बन्धमा विशेष अनुसन्धान शरु गरेको छ।
 


 

More form the Internet

loading...