Suvadin, Home

Cover Image

कुखुरा मारेको आरोपमा एक पक्राउ 

गोरखा । विष हालेर कुखुरा मारेको आरोपमा गोरखा नगरपालिका बराहकी ओमकुमारी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

विषादी हालेर एक सय ४० वटा कुखुरा मारेको उजुरी परेपछि श्रेष्ठलाई पक्राउ गरिएको हो । कुखुरा धनी राम कुमारी सुनारले विषादी हालेर कुखुरा मारेको जाहेरी दिएकी थिइन् ।

मरेको कुखुराको जाँच गर्दा विषादीयुक्त आहारका कारण मरेको भनी प्रमाणित भएको र छिमेकीले सार्वजनिक बदमासी गरेको भन्दै उजुरी दिएपछि श्रेष्ठलाई पक्राउ गरेको गोरखाका एसपी भोला रावलले बताए ।

श्रेष्ठलाई सार्वजनिक हित विरुद्धको कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको एसपी रावलले जानकारी दिए । 
 


 

More form the Internet

loading...