Suvadin, Home

नुवाकोटमा पनि अवैद्य हतियार बरामद
रौतहटमा पेस्ताेलसहित भारतीय नागरिक पक्राउ

मोतीहारी जिल्ला महुआही ग्राम पञ्चायत–११ बस्ने २७ वर्षीय रञ्जन कुमार र २४ वर्षीय जलन्धर साहलाई म्याग्जिन सहितको एक थान पेस्तोल, ३ राउण्ड गोली, १ थान म्याग्जिन, एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
पेस्ताेल र गाेली।

काठमाडौं, चैत ९ – रौतहट र नुवाकोटबाट प्रहरीले अवैद्य हतियार बरामद गरेको छ। रौतहट, मठिया–५ स्थित सडकमा प्रहरीले मंगलबार डिएल ३ एएक्स ९६५९ नम्वरको मोटरसाइकलमा सवार भारतीय नागरिकको साथबाट पेस्तोल बरामद गरेको हो।

मोतीहारी जिल्ला महुआही ग्राम पञ्चायत–११ बस्ने २७ वर्षीय रञ्जन कुमार र २४ वर्षीय जलन्धर साहलाई म्याग्जिन सहितको एक थान पेस्तोल, ३ राउण्ड गोली, १ थान म्याग्जिन, एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस्तै नुवाकोटस्थित प्रहरी चौकी तादीपुलबाट गस्तीमा खटिएको टोलीले मंगलबार बेलकोट–५ ति–गाँउस्थित खोल्सामा बेवारिसे अवस्थामा रहेको एकनाले भरूवा बन्दुक बरामद गरेको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ।


 

More form the Internet

loading...