Suvadin, Home

हत्या आरोपमा पक्राउ

देवदह नगरपालिका– ५ का २० वर्षीय युवा अनिश पुरीलाई आइतबार राति ७ः३० बजेको समयमा कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले सोमबार स्थानीय चार जना युवालाई पक्राउ गरेको जनाएको छ। प्रहरीले सोही नगरपालिकाको वडा नं ९ घोडाहा कालिका टोलका आकाश थापा, अर्जुन सारुमगर, शिशिर राना र मनु भन्ने मनोज क्षेत्रीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

बुटवल, २८ फागुन – रुपन्देहीको देवदहमा एक युवालाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। 

देवदह नगरपालिका– ५ का २० वर्षीय युवा अनिश पुरीलाई आइतबार राति ७ः३० बजेको समयमा कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले सोमबार स्थानीय चार जना युवालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले सोही नगरपालिकाको वडा नं ९ घोडाहा कालिका टोलका आकाश थापा, अर्जुन सारुमगर, शिशिर राना र मनु भन्ने मनोज क्षेत्रीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। 

उक्त समूहले आइतबार राति घोडाहास्थित सङ्गम पथमा लु४२प ९९८२ नं को मोटरसाइकलमा घरतर्फ जाँदै गरेका पुरीलाई ढुङ्गा, लाठीसमेत प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घाइते युवक पुरीलाई उपचारार्थ देवदह मेडिकल कलेज पु¥याइए पनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो। रासस


 

More form the Internet

loading...