Suvadin, Home

Cover Image

हमलामा संलग्न भएको आशंकामा श्रीलंकामा ७८ जना गिरफ्तार

एजेन्‍सी । श्रीलंकाको उत्तरपश्चिमी क्षेत्रमा भएका विभिन्न हिंसात्मक घटनाका क्रममा ७८ जनालाई गिरफ्तार गरिएको छ । 

प्रहरी प्रवक्ता एसपी रुवान गुनासेकराले बुधबार दिएको जानकारीअनुसार कुरुनेगाल, कुलियापिटीया, निकावेरातीया, चिलावलगायतका ठाउँबाट उनीहरूलाई गिरफ्तार गरिएको हो ।

उनले पक्राउ परेकाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । प्रहरीले झडप वा हिंसाका बेलाको भिडियोहरू पनि हेरेर छानबिन गरिरहेको उनले बताए । 

प्रहरीले पक्राउ परेका सबै जना दोषी भएको पुष्टी हुनसक्ने जनाएको छ । उहाँले घटना अझै बल्झिने सम्भावनालाई मध्यनजर गर्दै कतिपय ठाउँमा कफ्र्यु लगाइएको पनि जानकारी दिए । ती घटनाहरूमा परी कम्तीमा एक जनाको मृत्यु भएको र अन्य केही घाइते भएको समाचारमा जनाइएको छ ।  

श्रीलंकामा पछिल्लो समय विभिन्न ठाउँमा जातीय हिंसात्मक घटनाहरू भइरहेको छ भने आम नागरिक त्रसित भएका छन् । 
 


 

More form the Internet

loading...