Suvadin, Home
Nepal life 3.285M

२५ बर्षदेखि फरार अभियुक्त समातिए

विगत २५ बर्षदेखि फरार रहेका अभियुक्त अन्सारी पर्सामा पक्राउ परेका हुन्। अदालतले अन्सारीविरुद्ध २०५० जेठ ५ गते ४ वर्ष ११ महिना १० दिन कैद फैसला गरेको थियो।

वीरगञ्ज, २२ पुस – सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गरेका वीरगञ्ज महानगरपालिका १२ घर भएका ५५ वर्षका अनुमुद्दिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ।

विगत २५ बर्षदेखि फरार रहेका अभियुक्त अन्सारी पर्सामा पक्राउ परेका हुन्। अदालतले अन्सारीविरुद्ध २०५० जेठ ५ गते ४ वर्ष ११ महिना १० दिन कैद फैसला गरेको थियो।

घटनापछि नै फरार रहेका अन्सारीलाई दुई दिनअघि वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको टोलीले गाउँबाटै पक्राउ गरेको थियो।

अन्सारीलाई पर्सा जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतको आदेशले उनलाई कैद भुक्तानको लागि वीरगञ्ज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


 

More form the Internet

loading...