Suvadin, Home

हाम्राेमा राम्राे
रूपन्देहीकाे अस्ट्रिज

नेपालमा पहिलोपटक रुपन्देही जिल्लाका सिपी शर्माले अस्ट्रिजकाे व्यवसाय  सुरु गरेका हुन्। उनले सुरु गरेको अस्ट्रिजको व्यापार विस्तारै देशका विभिन्न जिल्लाहरुमा बढ्दै गएको छ। अफ्रिकी मुलुकमा पाइने अस्ट्रिजको व्यावसायिक रूपमा उत्पादन सुरु गर्ने यो नेपालकै पहिलो फार्म हो।
अस्ट्रिज।

काठमाडाैं, जेठ ३०–प्रदेश नम्बर ४ रुपन्देही जिल्लाको गंगोलियामा व्यवसायिक रूपमा अस्ट्रिज पालन हुने गरेकाे छ।

विश्व बजारमा पनि अस्ट्रिजकाे व्यापार फस्टाउदै गएको छ। नेपालमा पहिलोपटक रुपन्देही जिल्लाका सिपी शर्माले अस्ट्रिजकाे व्यवसाय  सुरु गरेका हुन्। उनले सुरु गरेको अस्ट्रिजको व्यापार विस्तारै देशका विभिन्न जिल्लाहरुमा बढ्दै गएको छ।

अफ्रिकी मुलुकमा पाइने अस्ट्रिजको व्यावसायिक रूपमा उत्पादन सुरु गर्ने यो नेपालकै पहिलो फार्म हो।

अस्ट्रिज उड्न नसक्ने प्रजातिमा सबैभन्दा ठूलो चरा हो। उपभोक्तालाई स्वस्थकर मासु उपलब्ध गराउने र छाला, बोसो र प्वाँखलाई विदेशी बजारमा निर्यात गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने लक्ष्यसहित फार्म खोलिएको अस्ट्रिज नेपाल प्रालिका सदस्य सिपी शर्माले बताए।  

यसको मासु मानव स्वास्थ्यका लागि अति नै उपयोगी रहेको छ। मस्तिष्कको लागि स्वस्थवर्दक र स्वास्थ्यका लागि पनि उपयुक्त रहेको छ। यसका शरिरिका हरेक  अंग बिक्री हुन्छ। बोसोदेखि अण्डाको बाहिरको खोक्रो समेत बिक्री हुन्छ। यसबाट प्रोटिन र भिटामिन पनि पाइन्छ।

फार्ममा हाल करिब १ हजार अस्ट्रिज चरा छन्। अस्ट्रिजका लागि लेगुम नामक घाँस प्रमुख आहाराका रूपमा मानिएको छ।
 उड्न नसक्ने सबैभन्दा ठूलो प्रजातिको मानिए पनि अस्ट्रिज चरा प्रतिघन्टा ७० देखि ८० किलोमिटरको गतिमा दौडिन्छ। 

पोथीले दुई वर्षमा अन्डा दिन सुरु गर्छ। ५० वर्ष राम्रो उत्पादन दिन सक्ने एउटा पोथी अस्ट्रिजले एक सिजनमा ३० देखि १२५ सम्म अन्डा दिन सक्छ भने जीवनभर करिब ४ हजार अन्डा दिन सक्छ।

अस्ट्रिज अफ्रिकन ओर्जीन जंगली चरा भए पनि यसलाई व्यावसायिक रूपमा पहिलेदेखि नै पाल्न सुरु गरिएको हो । विज्ञहरूका अनुसार अफ्रिकाबाहिर भने १९८० को दशकबाट मात्र पाल्न सुरु गरिएको हो। जसमा अफ्रिकी मुलुकपछि इजरायल पहिलो अस्ट्रिज पाल्ने मुलुकका रूपमा चिनिन्छ।

त्यस्तै दोस्रो चरणमा उत्तरी अमेरिका, क्यानडा, बेलायत, उत्तरी युरोप, अस्ट्रेलियाका साथै एसियन मुलुकमा चीन, जापान, उत्तर कोरिया, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड, फिलिपिन्सलगायत मुलुकले अस्ट्रिजको व्यावसायिक फार्म सञ्चालन गरेका छन्।

अस्ट्रिजको मासु रातो र स्वस्थकर हुने, अन्य मासुको तुलनामा सबैभन्दा कम कोलेस्ट्रोल र बोसो हुने कारण यसको विश्वबजारमा क्याटल मिटभन्दा धेरै गुणा बढी मूल्यमा बिक्री हुने गर्छ।

यसको प्वाँखबाट हाइटेक डस्टर, कार्निमल ड्रेस, फेसन ड्रेस, छालाबाट उच्चस्तरीय फेसन वेयर, ब्याग, बेल्ट, जुत्ता बनाइने र बोसोबाट उच्चकोटिको स्किन केयरमा प्रयोग हुने र जुन छालाका लागि औषधिका रूपमा काम गर्ने भएकाले यसको माग उच्च छ।

अस्ट्रिजको तौल १ सय ५० देखि २ सय ५० किलोसम्म हुने गर्छ । 
 


 

More form the Internet

loading...