Suvadin, Home

चुनावकै दौरान भारतको पुलवामामा फेरि भीडन्त

नयाँ दिल्ली । भारतमा अहिले लोकसभा निर्वाचन चलिरहेको छ । सात चरणमा सम्पन्‍न हुने भारतको आगामी सरकारको भविष्य निर्धारण गर्ने चरणको छैठौं चरण सकिएको छ । अब एक चरणको निर्वाचनमात्र हुन बाँकी छ । यही बेला भारतको विवादित क्षेत्र पलुवामा भीडन्त भएको छ ।

भारतको जम्मु काश्मिर क्षेत्रको पुलवामामा आतंककारीको मुठभेडमा परेरर सुरक्षा फौजका एक जवानको मृत्यु भएको छ । उनै जवानको गोली प्रहारबाट दुई जना आतंककारी पनि मारिएको एनडीटिभीले जनाएको छ ।  दुई पक्षबीच भएको भिडन्तमा दुई सुरक्षाकर्मी र एक सर्वसाधारण घाइते भएको र उनीहरुको नजिकको अस्पतालमा उपचार भइरहेको बताइएको छ । 

सुरक्षा निकायलाई पुलवामाको डालिपोरा क्षेत्रमा केही आतंककारी लुकेको खबर पाएपछि सुरक्षा निकायले सो स्थानमा तलासी लिएको थियो । सो क्षेत्रमा इन्टरनेट सेवामा रोक लगाएको बताइएको छ । पुलवामा क्षेत्रमा नै आतंककारीको आक्रमणमा परी ठूलो संख्यामा भारतीय सुरक्षा फौज यसअघि मारिएका थिए । 
 


 

More form the Internet

loading...