Suvadin, Home

जसलार्इ सैनिक कू पछि १५ वर्ष नजरबन्दमा राखियाे
प्रजातान्त्रिक संघर्षकी आइकन आङ सान सुकी  

प्रजातान्त्रिक संघर्षको आइकन हुन् म्यानमारकी आङ सान सुकी। १५ वर्ष नजरबन्दमा रहेकी सुकीलाई त्यहाँको सैनिक सरकार जुन्टाले नजरबन्दमुक्त गरेको थियाे।
प्रजातान्त्रिक संघर्षको आइकन म्यानमारकी आङ सान सुकी।

काठमाडाैं, असार ५–प्रजातान्त्रिक संघर्षको आइकन हुन् म्यानमारकी आङ सान सुकी। १५ वर्ष नजरबन्दमा रहेकी सुकीलाई त्यहाँको सैनिक सरकार जुन्टाले आजदेखि नजरबन्दमुक्त गरेको छ। 

सन् १९९१ नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ हुन् सुकी। मार्टिन लुथर किंग र महात्मा गान्धीको अहिंसावादी आन्दोलनको शैलीबाट प्रभावित सुकीले सन् १९८८ मा पहिलोपटक प्रजातान्त्रिक सुधार र स्वतन्त्र निर्वाचनको निम्ति आन्दोलनको नेतृत्व गरेकी थिइन्। 

तत्कालीन प्रतिपक्षी पार्टीकी प्रमुख सुकीलाई सन् १९८८ मा भएको सैनिक कू पछि नजरबन्दमा राखिएको थियो। झण्डै १५ वर्ष लामो नजरबन्दपछि सन् २०१०मा उनलाई मुक्त गरिएको थियो। उनलाई सैन्य शासनको विरोध र प्रजातन्त्र तथा मानव अधिकारको पक्षमा प्रतिरोध गरेकाले सन् १९९१ मा नोबल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

उनलाई सन् २०१६ मा  म्यानमार प्रतिनिधि सभा अर्थात तल्लो सदनले संसदीय मामिला विकास संयुक्त समन्वय समितिका अध्यक्षमा नियुक्त गरेको थियो। म्यानमारमा दशकौंपछि नागरिक राष्ट्रपति निर्वाचित छन्। राष्ट्रपति टिन च्योले  त्यहाँका राष्ट्रपति हुन्। त्यसअघि म्यानमारमा सैनिक शासन थियो।
त्यहाँका जनतालाई सुकी राष्ट्रपति भएको हेर्ने धोको थियो। तर, संविधानले सुकीलाई भने राष्ट्रपति हुनबाट बञ्चित गरेको छ।  

यस्तो छ जीवनी

नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको जन्म सन् १९४५ जुन १९ मा भएको हो। उनका बाबुको  आङ सान र आमाको नाम दा खिन की हो। उनको बाबु आङ सानले म्यानमारलाई सन् १९४७ मा बेलायतको उपनिवेशबाट मुक्त गर्ने कार्यमा मध्यस्थता गरेका थिए। आमा राजदूत हुँदा नेपाल आउने अवसर आङ सान सुकीलाई प्राप्त भएको थियो।  सुकीका दुई जना दाजु थिए। पाँचजना परिवारकी एक्ली छोरी सुकी आफ्नो देश, जनता र प्रजातन्त्र तथा मानव अधिकारका लागि गरेको त्याग र सङ्घर्षकै कारण विश्वभर परिचित छन्।  

सुकीको औपचारिक शिक्षा मध्य चाङगुन (रङ्गुन) स्थित सेन्ट फ्रान्सेस कन्भेन्ट स्कुलबाट भयो। नौ वर्षकै उमेरदेखि साहित्यिक किताब पढ्ने र  त्यसबारे टीका टिप्पणी गर्ने काम पनि गर्न थालिन्। बुद्ध दर्शन र आदर्शबाट प्रभावित सुकी देशलाई सङ्टबाट मुक्त गर्न सधैँ चिन्तन  गरिरहन्थिन्।

राजनीतिक चलखेल र राम्रो काम गर्ने मान्छेलाई सरकारले शान्ति र स्थायित्वमा खलल पु¥याउने कार्य गरेको भन्ने आरोप लगाइयो।  सुकीलाई नजरबन्दमै राख्दा उनका पक्षमा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा व्यापक जनमत तयार भयो। त्यसले सैनिक सरकारको ठुलो भत्र्सना ग¥यो।  प्रजातन्त्रमा, मानव अधिकार र शान्तिप्रतिको आस्था र निष्ठाको कदर गर्दै उनलाई सन् १९९१ को नोबेल शान्ति पुरस्कार प्रदान गरियो। उनको नजरबन्दले म्यानमारप्रति विश्वको ध्यानकर्षण भयो। यसरी सुकीको ‘ नजरबन्द’ जीवले म्यानमारको राजनीतिमा निकै ठूलो प्रभाव पर्यो।

दार्शनिक, सांस्कृतिक  र राजनीतिक तहमै नेपाल र सुकीको सम्बन्ध गहिरो रुपमा रहेको हुन्छ । नेपाल र आङ सान सुकीको सम्बन्ध गहिरो रुपमा विकास भएको छ।  उनी बाल्याकालमै नेपाल आएकी थिइन् र गौतम बुद्धको अहिंसावादी चिन्तनबाट प्रभावित भएकी थिइन् 

विभिन्न देशहरुको अध्ययन भ्रमणपछि आङ सान सुकी लन्डनमा रहिन्। त्यहाँ रहँदा उनले आफ्नो छोराहरुको पढाइमा ध्यान दिइन्। यसैअवसरमा उनले यात्रा संस्मरणका रुपमा लेट्स भिजिट नेपाल, लेट्स भिजिट जापान नामको बालेपयोगी कृतिहरु लेखिन्।  

उनले आफ्ना बुबा आङ् सानको जीवनी अस्ट्रेलियाबाट प्रकाशन गरिन्। त्यसपछि उनले निबन्धकार हग रिचार्डसनका तिब्बत र बौद् धर्म सम्बन्धी निबन्धहरु सङ्कलन गरी तिनलाई सङग्रहका रुपमा प्रकाशिन गरिन। उनी बेजलायतको राजधानी लन्डन गएर त्यहाँको अक्सफोर्ड्स्थित सेन्ट हग कलेजबाट राजनीति शास्त्र, दर्शन शास्त्र र अर्थशात्रमा उच्च शिक्षा हासिल गर्दौ लन्डनको विश्वविद्यलयको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिजबाट आधुनिक बर्मेली साहित्यमा उम. फि पनि गरिन्। यसपछि सन् १९६९ देखि १९७२ सम्ममा उनले अमेरिकाको न्युयोर्क्स्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयमा जागिर पनि खाइन्। सन् १९७२ मा बेलायती नागरिक माहयकल एरिससँग उनको बिहे भयो। उनका अलेक्जेन्डर एरिस र किम एरिस नामक दुई जना छोरा  जन्मिए।  


 


 

More form the Internet

loading...