Suvadin, Home

आन्टी होटलमा अागलागी, करिब ५ लाखकाे क्षति

डम्बरबहादुर लिम्बूको घरमा होटल सञ्चालन गर्दै आएका शान्त मगरको होटलमा रहेको खाना पकाउने एलपी ग्यास सिलिण्डर विस्फोट आगलागी भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिएका छन्। 
सांकेतिक तस्वीर

काठमाडाैं, फागुन ११ – धरान उपमहानगरपालिका–१८ स्थित घोपा क्याम्प अगाडि आन्टी होटलमा शुक्रबार बिहान आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ। 

डम्बरबहादुर लिम्बूको घरमा होटल सञ्चालन गर्दै आएका शान्त मगरको होटलमा रहेको खाना पकाउने एलपी ग्यास सिलिण्डर विस्फोट आगलागी भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिएका छन्। 

उक्त आगलागीमा परी अमृता लिम्बु घाइते भएकी छिन्। उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। आगो निभाउने क्रममा उनको बायाँ हात जलेको छ। 

वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागीे नियन्त्रणमा लिएको थियो। आगलागी हुँदा तीन थान ग्यास सिलिण्डर विस्फोट हुनपुगेको पनि प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिएका छन्। 

आगलागीमा परी छिमेकी टेकबहादुर सुन्दासको घरमा समेत नोक्सानी भएको थियो।


 

More form the Internet

loading...