Suvadin, Home

पर्यटकलाई अस्ट्रेलियाका अध्यागमन प्रमुखको चेतावनी- ‘घर फर्किन अर्को उडान समात्‍नूस् !’

क्यानबेरा । अस्ट्रेलियाले सामाजिक दूरी कायम गर्ने प्रावधान नमान्‍ने पर्यटकलाई अर्को उडान समातेर घर फर्किन चेतावनी दिएको छ । 

अस्ट्रेलियाका कार्यवाहक अध्यागमनमन्त्री अलान टुजले भने शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, " क) यदि तपाईंले राज्यको कानुन मिचेर सामाजिक दूरी कायम गर्ने प्रावधान मान्‍नु भएन भने जरिवाना गराइने छ । ख) यदि तपाईंले भिसामा भएका प्रावधान मान्‍नु भएन तपाईंको मुलुक फर्काइने छ । तपाईंलाई आगामी दिनमा पनि अस्ट्रेलिया भ्रमणका लागि पनि प्रतिबन्ध लगाइने छ । यो निकै गम्भीर विषय हो ।" 

उनले अन्य अन्तर्राष्ट्रिय पर्यटकलाई पनि आफ्नो मुलुक फर्किन आग्रह गरेका छन् । उनले भने, "अन्तर्राष्ट्रिय पर्यटकहरुले तपाईंलाई परिवारको सहयोग छैन भने आफ्नो घरको लागि अर्को उडान समात्‍नूस् ।" 

अस्ट्रेलियामा पर्यटकको मुख्य स्रोत भनेको बेलायत हो । आगामी साताका लन्डनका लागि १५० उडान तय भएका छन् । "मानिसहरुलाई घर फर्किने अवसर छ र घर फर्किन चाहनेहरुले घर फर्किने उक्त अवसरको प्रयोग गर्नुहोस्," अध्यागमन मन्त्री टुजले भने । -सीएनएन 


 

More form the Internet

loading...