Suvadin, Home

३१ वर्षे युवक अस्ट्रियाका राष्ट्रपति

मध्य युरोपेली मुलुक अस्ट्रियामा पिपुल्स पार्टीका ३१ वर्षे युवक राष्ट्रपति निर्वाचित भएका छन्। पुरातनवादी धारको पार्टी पिपुल्स पार्टीका कुर्ज संसारकै कम उमेरका राष्ट्रप्रमुख बनेका हुन्।
कुर्ज।

काठमाडौं, असोज ३० – मध्य युरोपेली मुलुक अस्ट्रियामा पिपुल्स पार्टीका ३१ वर्षे युवक राष्ट्रपति निर्वाचित भएका छन्। पुरातनवादी धारको पार्टी पिपुल्स पार्टीका कुर्ज संसारकै कम उमेरका राष्ट्रप्रमुख बनेका हुन्। 

उनको पार्टीले ३१ प्रतिशतभन्दा बढी मत हाँसिल गरेको छ। सोसल डेमोक्रेट्स र फ्रिडम पार्टीबीच दोस्रो स्थानका लागि कडा प्रतिस्पर्धा देखिएको छ।

‘यो देशमा परिवर्तनको समय हो, हामीलाई एक जबर्जस्त जनादेश मिलेको छ,’ नवनिर्वाचित राष्ट्रपति कुर्जले भने, ‘देशमा परिवर्तन ल्याउन मद्दत गर्ने सवैप्रति आभार व्यक्त गर्न चाहन्छु।’

यसअघि उनले सन् २०१३ मा अस्ट्रियाको सबैभन्दा कम उमेरको विदेश मन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका छन्। त्यसबेला उनी २७ वर्षका मात्र थिए । मे २०१७ मा उनलाई पिपुल्स पार्टीको नेतृत्व हात समाल्ने मौका मिलेको थियो। 

उनको राजनीतिक जीवन सोही पार्टीको युवा संगठनबाट भएको थियो। राजधानी भियनाको सिटी काउन्सिलमा चुनिनुअघि उनले युवा संगठनको नेतृत्व गरिसकेका थिए।

अस्ट्रियाको राजनीतिमा उनलाई ‘उन्डरउज्जी’ पनि भन्ने गरिएको छ। त्यसको अर्थ हुन्छ, पानीमा पनि हिड्न सक्ने मानिस। उनको तुलना फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रो र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउसँग गरिने गरेको छ।एजेन्सी


 

More form the Internet

loading...