Suvadin, Home

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

लमही नगरपालिका–५ चौलाहीमा बसको ठक्करबाट स्थानीय रामजान अदलीका एक वर्षीय छोरा अब्दुल अनसारीको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिएका छन्।
प्रतिकात्मक तस्वीर।

काठमाडाैं, २८ पुस – शुक्रबार दाङमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। 

लमही नगरपालिका–५ चौलाहीमा बसको ठक्करबाट स्थानीय रामजान अदलीका एक वर्षीय छोरा अब्दुल अनसारीको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिएका छन्।

शुक्रबार बिहान साधना मन्टेश्वरी स्कुलको लु१क १३५३ नम्बरकाे बसले अनसारीलाई ठक्कर दिएपछि गम्भिर घाइते भएका थिए। उनकोे लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 


 

More form the Internet

loading...