Suvadin, Home

ट्रयाक्टरकाे ठक्करबाट १५ महिने बालककाे मृत्यु

घरमा खेलिरहेको बालक सडकमा निस्कने क्रममा लु ३ त ६१२४ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 
सांकेतिक तस्वीर।

कपिलवस्तु, १८ पुस – महाराजगञ्ज नगरपालिका – ५ इटरोलमा ट्र्याक्टरको ठक्करबाट मंगलबार बिहान ८ बजे पन्ध्र महिने बालकको ज्यान गएको छ। 

इरटोल निवासी दीपराज अहिरका छोरा नवराजको मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। घरमा खेलिरहेको बालक सडकमा निस्कने क्रममा लु ३ त ६१२४ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

ट्र्याक्टरका चालक फरार रहेका छन्। तर, ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएकाे छ। शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरी निरीक्षक सुवासचन्द्र गैरेले जानकारी दिएका छन्।


 

More form the Internet

loading...