Suvadin, Home

डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

मृत्यु हुनेमा बड्डिकेदार गाउँपालिकाका–४ का वर्षीय जगदीश चन्द, सोही गाउँपालिकाकी ३५ वर्षीया मिना पुन मगर र सोही गाउँपालिकाकी ३ वर्षीय बालिका पुष्पा जेठारा रहेका छन्।
बस दुर्घटना। फाइल फाेटाे

काठमाडौं, कात्तिक २ – डोटीबाट कैलाली आउँदै गरेको ना३ख ५६४८ नम्बरको बस बड्डीकेदार गाउँपालिका वडा नम्बर-४ मा दुर्घटना भएको छ।

दुर्घटनामा ३ जनाको घटनास्थलमै  मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ। दुर्घटनाका मृतकको सनाखत भइसकेको छ।

मृत्यु हुनेमा बड्डिकेदार गाउँपालिकाका–४ का वर्षीय जगदीश चन्द, सोही गाउँपालिकाकी ३५ वर्षीया मिना पुन मगर र सोही गाउँपालिकाकी ३ वर्षीय बालिका पुष्पा जेठारा रहेका छन्।

बसमा सवार अन्य २१ जना घाइतेलार्इ उपचारका लागि धनगढी पठाइएको ट्राफिक प्रहरी खेमराज जोशीले बताएका छन्। घाइते २१ मध्ये १३ जना पुरुष, ४ जना महिला र ४ जना बालबालिका रहेको जोशीले बताएका हुन्।

बस झण्डै १ सय ५० मिटर तल खसेको उनले बताए। गाडीचालक र सहचालक फरार रहेका कारण दुर्घटनाको कारण अनुसन्धानकै क्रममा रहेको जोशीले जनाएका छन्।


 

More form the Internet

loading...