Suvadin, Home

बाग्मती सफाइ अभियानमा साइकल र्याली

बाग्मती सफाइ महाअभियानको २१२ औँ हप्तामा आज विश्व वातावरण दिवसको अवसर पारेर त्रिपुरेश्वरदेखि पशुपति राममन्दिरसम्म साइकल र्याली समेत  निकालिएको छ।  आजै पशुपति क्षेत्रमा विशेष सफाइ गरियो।
बाग्मती सफाइ गरिँदै।

काठमाडौं,  जेठ२० - बाग्मती सफाइ महाअभियानको २१२ औँ हप्तामा आज विश्व वातावरण दिवसको अवसर पारेर त्रिपुरेश्वरदेखि पशुपति राममन्दिरसम्म साइकल र्याली समेत  निकालिएको छ।  आजै पशुपति क्षेत्रमा विशेष सफाइ गरियो।

 
आजको वाग्मती सफाइबाट नौ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उमेश बोहराले जानकारी दिए। 


साइकल र्यालीको आयोजना जनसंख्या तथा वातावरण मन्त्रालयले गरेको थियो। मन्त्रालयले वाग्मती सफाइ महाअभियानलाई १०० जोर बूट, ५०० जोर पञ्जा र ५०० जोर मास्क पनि उपलब्ध गराएको छ। 

सफाइमा ५०० भन्दा बढीको सहभागिता रहेको थियो। सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गायत्री परिवार, हलेसी डेकोर, युरेसिया रेयुकाइ, एक्सिस स्कुल, ग्लोबल पिस फाउन्डेसन, रोयल सहकारी, सिस्नुपानी नेपाल, नेपाल विज्ञापन संघ, नेपाल एसजिआई, साया समूह, फ्रेन्डस क्लब ललितपुर, निर्माण नेपाल, सुपादेउराली युथ, ओसो नेपाल नदी संरक्षण संस्थालगायत संस्थाको सक्रिय सहभागिता रहेको थियो। 

सफाइमा जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डन, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, पूर्व सचिव किशोर थापा, डा. राजु अधिकारी, एलपी भानु शर्मा, अर्जुन धरेल, टंकराज आचार्य, नारायण श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, हेमराज कार्कीलगायत सहभागि भएका थिए। 
 


 

More form the Internet

loading...