Suvadin, Home
Nepal life 70.8k

३३ किलो सुन प्रकरणः
गृहमन्त्रालयको टोलीद्वारा बाजेको सेकुवामा छापा, ६ वटै आउटलेटमा शिलबन्दी

सुन तस्करीबारे छानबिन गर्न गठित सरकारी समितिले काठमाडौं उपत्यकामा सञ्चालित बाजेको सेकुवाका ६ वटा आउटलेटमा छापा हानेको हो। सुन तस्करीका एक अभियुक्त चेतनाथ भण्डारी र उनको परिवारले सञ्चालन गरेका ६ वटै आउटलेट शिल गर्ने काम भइरहेको समितिका संयोजक ईश्वरराज पौडेलले जानकारी दिए। 

काठमाडौं, जेठ ३० – काठमाडाैं उपत्यकामा सञ्चालित प्रख्यात् सेकुवा रेष्टुरेन्ट बाजेको सेकुवामा बुधबार गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले ६ वटा आउटलेटमा छापा हानेको छ।

सुन तस्करीबारे छानबिन गर्न गठित सरकारी समितिले काठमाडौं उपत्यकामा सञ्चालित बाजेको सेकुवाका ६ वटा आउटलेटमा छापा हानेको हो। बत्तिसपुतली अनामनगरलगायतका छ वटा आउटलेटमा प्रहरीले छापा मारेको हो।

सुन तस्करीका एक अभियुक्त चेतनाथ भण्डारी र उनको परिवारले सञ्चालन गरेका ६ वटै आउटलेट शिल गर्ने काम भइरहेको समितिका संयोजक ईश्वरराज पौडेलले जानकारी दिए। ३३ किलो सुन प्रकरणमा मुछिएका बाजेको सेकुवाका सञ्चालक चेतनाथ भण्डारी फरार छन्।


 

More form the Internet

loading...