Suvadin, Home

बाल श्रममुक्त वडा बनाउन कार्यविधि तयार

भीमदत्त नगरपालिकाकी उप प्रमुख शुसिला चन्द सिंहले नगरपालिकालाई बालश्रमिक मुक्त नगर बनाई बालबालिकाको अधिकार सुनिश्चत गरिने बताईन्।

महेन्द्रनगर, २४ मंसिर – भीमदत्त नगरपालिका–७ नम्बर वडाले बाल श्रममुक्त वडा बनाउन कार्यविधि तयार गरेको छ।

वडाध्यक्ष शंकर कुँवरले आफ्नो वडालाई बाल श्रममुक्त वडा बनउन कार्यविधि तयार गरेको बताए।

उनका अनुसार १६ वर्ष मुनिका कुनै पनि बालबालिकालाई श्रममा लगाउन नपाईने व्यवस्था सहित कार्य योजना तयार पारिको हो।

वडा कार्यालयले श्रममुक्त उन्मुलन तथा न्युनिकरण कार्यक्रम अन्तर्गत कानुनी विज्ञको सल्लाहमा तयार पारेको कार्य योजना कार्यपालिकामा पेस गर्ने तयारी भईरहेको छ। कार्ययोजना कार्यपालिका बैठक बाट पारित भएमा वैधानिकता पाउने छ। 

वडा कार्यालयमा यस्ता किसिमका आवश्यक कार्यविधि बनाउन सक्ने अधिकारको प्रयोग गरि कार्य योजना तयार भएको वडाध्यक्ष कुँवरको भनाई छ। उनले नगरपालिकाले नै समग्र नगरलाई बाल श्रममुक्त  क्षेत्र बनाउनु आवश्यक रहेको र त्यसका लागी पहल भईरहेको बताए। 

त्यस्तै भीमदत्त नगरपालिकाकी उप प्रमुख शुसिला चन्द सिंहले नगरपालिकालाई बालश्रमिक मुक्त नगर बनाई बालबालिकाको अधिकार सुनिश्चत गरिने बताईन्।

गत शुक्रबार लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रममा बोल्दै उप प्रमुख सिंहले यस्तो बताएकी हुन्।

त्यस्तै बाल अधिकारको क्षेत्रमा क्रियाशिल युवा अभियन्ता धिरज जोशीले बाल  अधिकारको सुनिश्चतताका लागी स्थानीय स्तरबाट पहल गरिनु पर्ने बताए।

उनले बाल अधिकारको नाममा डलर खेति हुने गरेको प्रति आपत्ति जनाउँदै सरकारले बालबालिका अधिकारको ऐन कानुन संसोधन गरि तत्काल कार्यान्वयन गरिनु पर्ने बताए।

साथै वडा कार्यालयले बाल अधिकार सुनिश्चताका लागी तयार पारेको कार्य योजना निकै स्वागत योग्य रहेकाले त्यसलाई समग्र रुपमा नगरपालिकाले नै आत्मसाथ गरि अगाडी बढ्नु पर्ने उनको सुझाव छ।


 

More form the Internet

loading...