Suvadin, Home
NMB Bank Ltd 268.9k

चार वर्षपछि घर फर्किँदा...

भारतको गोरखपुरबाट चार वर्षअघि हराएका रुकुमका एक किशोरलाई प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाएको छ। आमा-बुबाको साथमा भारत गएको बेला २०६९ मा हराएका खोलागाउँ-८ का १५ वर्षीय गोविन्द परियारलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरेर आफन्तको जिम्मा लगाइएको हो।

रुकुम, पुस २७


भारतको गोरखपुरबाट चार वर्षअघि हराएका रुकुमका एक किशोरलाई प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाएको छ।

आमा-बुबाको साथमा भारत गएको बेला २०६९ मा हराएका खोलागाउँ-८ का १५ वर्षीय गोविन्द परियारलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरेर आफन्तको जिम्मा लगाइएको हो।

गत चैत १३ गते भारतीय प्रहरीले किशोरको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको भए पनि उनको वास्तविक ठेगाना थाहा नपाउँदा समस्या भएको थियो।

नेपाल प्रहरीले किशोरलाई रुपन्देहीमा रहेको नेपाल अविनाश अनाथ आश्रममा राखेको थियो। जिल्ला बाल कल्याण समितिको समन्वयमा परियारलाई बुधबार रुकुम पुर्याएर उनका कान्छा बुबा हीराबहादुर सार्कीको जिम्मा लगाएको बाल अधिकार अधिकृत मानवीर ओलीले जानकारी दिए। किशोरका आमा-बुबा अहिले पनि भारतको गोरखपुरमा नै रहेको बताएको छ। रासस

 

More form the Internet

loading...