Suvadin, Home

दियोबाट सल्किएकाे अागाेले सुकुम्बासीवस्तीका ६० घर जलेर नष्ट

मानबहादुर बिकको घरमा बालेको दियोबाट आगो सल्किँदा सुकुम्बासी टोलसँगै रहेका ६० वटा घरटहरा जलेको प्रहरीले जनाएको छ।
सुकुम्बासीवस्तीमा लागेकाे अागाे।

काठमाडौं, असोज १५ – काठमाडौंको बल्खुमा शनिवार राति आगो लाग्दा ६० वटा घरटहरा जलेका छन्। राति ११ बजेतिर मानबहादुर बिकको घरमा बालेको दियोबाट आगो सल्किँदा सुकुम्बासी टोलसँगै रहेका ६० वटा घरटहरा जलेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले राति साढे २ बजे आगो निभाएको थियो। आगोबाट पुगेको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। 


 

More form the Internet

loading...