Suvadin, Home

बाल्मीकि आश्रममा जमघट हुँदै

नवलपरासीको बाटो हुँदै जानुपर्ने चितवन माढी नगरपालिका–१ मा पर्ने वाल्मीकि आश्रममा सो दिन जमघट हुने विश्व सनातनधर्म स्थापनार्थ सीतामाता मन्दिर मूल समिति काठमाडौँका अध्यक्ष दीपक रायमाझीले जानकारी दिएका छन्। 

काठमाडाैं, चैत ६ – नेपालकै प्रमुख धार्मिक धरोहरमध्ये एक वाल्मीकि आश्रममा आउँदो रामनवमीमा मेला तथा धार्मिक जमघट हुने भएको छ। 

यही चैत ११ गते रामनवमी एवम् चैतेदशैँको अवसरमा जगत् जननी सीतामाताको धर्ती प्रवेश तथा महर्षि वाल्मीकि ऋषिको तपोभूमिका रुपमा चिनिने वाल्मीकि आश्रममा जमघट हुने भएको हो।

नवलपरासीको बाटो हुँदै जानुपर्ने चितवन माढी नगरपालिका–१ मा पर्ने वाल्मीकि आश्रममा सो दिन जमघट हुने विश्व सनातनधर्म स्थापनार्थ सीतामाता मन्दिर मूल समिति काठमाडौँका अध्यक्ष दीपक रायमाझीले जानकारी दिएका छन्। 

विकट वाल्मीकि आश्रम आउन जान कठिन भए पनि त्रेतायुगमा भएका धार्मिक घटनाक्रम र रामको जीवनीसँग जोडिएको धार्मिक अध्यायकै कारण हिन्दू धर्मावलम्बी सो आश्रम पुग्ने गरेका छन्। आश्रम पुग्न भारतको भैंसालोटनबाट मात्र सवारी साधनले आउन जान सकिने र नेपाली भूमिबाट त्रिवेणीस्थित नारायणी नदी पार गरी दुई घण्टा जङ्गलमा हिँड्नुपर्ने बाध्यता रहेकाले आशा गरेअनुसार तीर्थालु वर्ग आश्रममा नपुग्ने गरेको समितिले बताएको छ। 


 

More form the Internet

loading...